
नयाँ दिल्ली, 14 अप्रेल (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ताले भने, भारत रत्न डा. भीमराव अम्बेडकर समानता औ सामाजिक न्यायका प्रबल समर्थक थिए। उनले यो विचार आज दिल्ली विधानसभा परिसरमा आयोजित डा. अम्बेडकरको 136औं जयन्तीको अवसरमा उनलाई पुष्पाञ्जली अर्पण गरेपछि वयक्त गरेका हुन्।
बाबा साहेबको महान धरोहरको उल्लेख गर्दै गुप्ताले भने, डा. अम्बेडकर भारतीय संविधानका प्रमुख शिल्पकार थिए। उनले संविधानलाई एक अद्वितीय औ दूरदर्शी दस्तावेज बताउँदै भने, यसले आज पनि देशको लोकतान्त्रिक व्यवस्थालाई मार्गदर्शन गरिरहेको छ। उनले यो पनि भने, डा. अम्बेडकरको विचार आजको समयमा पनि उतिकै प्रासंगिक छ।
यस अवसरमा ठूलो संख्यामा मानिसहरूले कार्यक्रममा भाग लिए जसमा महिला सफाई कर्मीहरू पनि सामेल थिए। उनीहरूको उपस्थितिले डा. अम्बेडकरप्रति समाजका सबै वर्गमा व्याप्त गहिरो सम्मान तथा श्रद्धालाई दर्शाउँछ।
अध्यक्षले आफ्नो सम्बोधनमा भने, अम्बेडकरको आदर्श अनि दृष्टिले आज पनि एक समावेशी, न्यायपूर्ण औ समानतापूर्ण समाज निर्माणको लागि प्रेरणा दिन्छ। उनले यस कुरामाथि बल दिए, शासन तथा सार्वजनिक जीवनमा यी सिद्धान्तहरूलाई अगाड़ि बढ़ाउनु अत्यन्त आवश्यक छ।
विजेन्द्र गुप्ताले यो पनि उल्लेख गरे, अम्बेडकरको जयन्तीलाई उनको महान योगदानप्रति सम्मानस्वरूप राजकीय अवकाश घोषित गरिएको छ। उनले भने, भारत रत्नबाट सम्मानित अम्बेडकरलाई समाजका वञ्चित एवं कमजोर वर्गहरूको उत्थानमा उनले पुऱ्याएको अद्वितीय योगदानका लागि सदैव स्मरण गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा