
उत्तर दिनाजपुर, 14 अप्रेल (हि.स.)। जिल्लाको चोपड़ा थाना क्षेत्रमा कंग्रेस उम्मेद्वार जाकिर अबेदिनको चुनावी ऱ्यालीमा हमला भएपछि अहिलेघरि सम्पूर्ण क्षेत्र तनाउग्रस्त भएको छ। घटना मंलरा मझियाली ग्राम पञ्चायत क्षेत्रमा भएको हो।
भनिन्छ विश्वासटोली गाउँ भएर गुज्रिरहेको बेला उम्मेद्वारको लकसरमाथि तथा बाइकमाथि अचानक ढुङ्गा-मुड़ा गरियो। यस हमलामा धेराजना कार्यकर्ताहरू घाइते भए। घटनाको सूचना पाेर आईसी केशव बड़ाल भारी पुलिस बल र केन्द्रिय बलको साथमा घटनास्थलमा पुगे अनि स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरे।
यता आरोपी तृणमूल कार्यकर्ताहरूलाई पक्राउ गर्नुपर्ने मागमा उम्मेद्वार जाकिर अबेदिन र ब्लक अध्यक्ष मोहम्मद नसिर उद्दीन गाउँमै धरनमा बसे।
कंग्रेस उम्मेद्वार जाकिर अबेदिनले आरोप लगाए, अनुमति लिएर आशन्तिपूर्ण ऱ्याली निकालिँदैथ्यो। तृणमूल समर्थित असामाजिक तत्वहरूले अचानक उनीहरूमाथि हमला गरे। उनले भने, दोषीहरूलाई पक्राउ नगरूञ्जेलसम्म आन्दोलन जारी रहनेछ। घटनापछि हाल क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा