
आसनसोल, 14 अप्रेल (हि.स.)। मंगलवारदेखि 50 वर्षभन्दा माथिका तथा 40 प्रतिशत दिव्यांग मतदाताहरूको भ्यालेट पेपरको माध्यमबाट भोटिंग प्रक्रिया शुरू भयो। यो प्रक्रिया मंगलवारदेखि दुई दिनसम्म जारी रहनेछ। जिल्लामा यस्ता मतदाताहरूको संख्या 5246 छ। भिन्न-भिन्न विधानसभा क्षेत्रहरूमा यिनीहरूको संख्या भिन्न-भिन्नै छ जसमा पाण्डेश्वरमा 521, दुर्गापुरमा 606, दुर्गापुर पश्चिममा 602, रानीगञ्जमा 522, जामुड़ियामा 586, आसनसोल दक्षिणमा 554, आसनसोल उत्तरमा 703, कुल्टीमा 462 औ अन्य क्षेत्रहरूमा 687 मतदाता सामेल छन्।
उल्लेखनीय छ, यी मतदाताहरूको घर-घरमा गएर मतदान गराउनको लागि विशेष टीमहरू गठन गरिएको छ। प्रत्येक टीममा दुईजना पोलिंग अधिकारी, एकजना माइक्रो अब्जर्भर, एकजना क्यामराम्यान, केन्द्रिय बलका चारजना जवान, राज्य पुलिसका दुईजना जवान तथा सम्बन्धित बूथका बीएलओ सामेल हुनेछन्। बीएलओले यस्ता मतदाताहरू रहेको कुरा पुष्टि गर्दछ।
प्रत्येक विधानसभा क्षेत्रको लागि 13-15 वटा टीम गठन गरिएको छ जसले दुई दिनभित्रमा सबै चिन्हित मतदाताहरूबाट मतदान गराउनुपर्छ। यी मतदाताहरूले ब्यालेट पेपरको माध्यमबाट मतदान गर्नेछन् जसको लागि जिल्ला प्रशासनले सबै आवश्यक तयारी गरिसकेको छ। चुनाउलाी निष्पक्ष तथा पारदर्शी बनाउनको लागि चुनाउ आयोगले यसपालि जाली मतदाताहरूमाथि रोक लगाउने उद्देश्यले केही कड़ा तथा अनौठो कदम उठाएको छ जसान्तर्गत प्रत्येक बूथमा बूथ लेभल अफिसर (बीएलओ)-लाई मतदान शुरू भएदेखि समाप्तिसम्म अनिवार्य रूपमा तैनाथ रहने निर्देश दिइएको छ।
यसको साथै 85 वर्षभन्दा अधिक आयुका मतदाता तथा 40 प्रतिशतभन्दा अधिक दिव्यांग मतदाताहरूको लागि घर-घरमा गएर मतदान गराउने विशेष व्यवस्था पनि गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा