
सिलगढ़ी, 14 अप्रेल (हि.स.)। आईप्याकका सह-संस्थापकको पक्राउलाई लिएर भाजपा प्रदेश अध्यक्ष शमिक भट्टचार्यले सत्ताधारी तृणमूल कंग्रेसलाई लक्षित गरेका छन्। सिलगढ़ीको बागडोगरा एयरपोर्टमा पत्रकारहरूसित बातचित गर्दै उनले भने, “चोर-पुलिसको खेल पछिलो लामो समयदेखिकै चलिरहेको थियो, तर अब जनताले चोरहरूलाई गलहत्याएर बाहिर निकाल्ने तय गरिसकेका छन्।”
उनले अझ भने, को पक्रा परिरहेको छ, हेरिरहने समय हामीसित छैन, न त यसमाथि सोच्ने आवश्यकता नै छ। यी घटनाहरूले पश्चिम बंगालका जनतामाथि कुनै प्रभाव पारिरहेका छैनन्। प्रदेश अध्यक्षले अघि भने, यसपालिको चुनाउ “जनता बनाम ममता ब्यनर्जी” बनिसकेको छ। प्रदेश अध्यक्षले आज राज्यका विभिन्न भागहरूमा पुगेर ऱ्यालीहरूलाई सम्बोधन गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा