
नयाँ दिल्ली, 14 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भारत रत्न बाबा साहेब डा. भीमराव अम्बेडकरको जयन्तीको अवसरमा अम्बेडकर राष्ट्रिय स्मारकमा अवस्थित उनको प्रतिमामा पुष्पाञ्जली अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली दिइन्।
मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्टमा पोस्ट गरी बताइन्, बाबा साहबको संघर्षमय जीवन र उनको विचार हाम्रो सरकारको सेवायात्राको लागि प्रेरणा श्रोत हो। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा हामी बाबा साहबको सामाजिक न्यायको सपनालाई साकार पार्नको लागि पूर्ण संवेदनशील भएर कार्य गरिरहेका छौं। हामेरो सरकारले दलित, पछौटे तथा वञ्चित वर्गको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुलाई आफ्नो सर्वोच्च प्राथमिकता मान्दछ।
मुख्यमन्त्रीले भनिन्, बाबा साहबको ‘शिक्षित बनौं’- को आह्वानलाई आधार बनाएर हामीले वञ्चित वर्गका बाल-बालिकाहरूको लागि आधुनिक शिक्षाको अवसरसुनिश्चित गराइरहेका छौं साथै विभिन्न योजनाहरूको माध्यमबाट उनीहरूको आर्थिक एवं सामाजिक सशक्तिकरणको दिशामा कार्य गरिरहेका छौं। उनले भनिन्, हामी बाबा साहबको समानता र सम्मानका आदर्शहरू अनुरूप एउटा यस्तो समावेशी दिल्ली बनाउनको लागि कृतसंकल्पित छौं जहाँ हरेक नागरिकलाई ्अगाड़ि बढ़्ने समान अवसर प्राप्त होस्।
यस अवसरमा भारतीय जनता पार्टी (भाजपा)- का राष्ट्रिय महासचिव तरुण चुग एवं अनुसूचित जाति मोर्चाका राष्ट्रिय अध्यक्ष लाल सिंह आर्य सहित पार्टीका वरिष्ठ पदाधिकारीगण र कार्यकर्ताहरूको गरिमामयी उपस्थिति रहेको थियो।
यसरी नै मुख्यमन्त्रीले आज अम्बेडकर जयन्तीको अवसरमा शालीमार बाग विधानसभाको जीपी ब्लक एवं बेरीवाला बाग ब्लकमा वटर एटीएमको उद्घाटन गरिन्। उनले भनिन्, वार्ड नम्बर 55, 56 र 57 -का 7 वटा ठाउँमा स्थावित यी वाटर एटीएमहरूले सुनिश्चित गर्नेछ कि हरेक परिवारसम्म स्वच्छ पिउने पानी सम्मानपूर्वक पुगोस्। वाटर एटीएमको प्रतिघण्टा 2000 लीटर शुद्ध पानी उपलब्ध गराउने क्षमता छ। वाटर एटीएम कार्डको माध्यमबाट प्रतिव्यक्तिले प्रतिदिन 20 लीटर पिउने पानी निकाल्न सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा