बंगला नववर्षमा मुख्यमन्त्री ममता ब्यानर्जीले रोड शो गर्ने
बंगला नववर्षमा मुख्यमन्त्री ममता ब्यानर्जीले रोड शो गर्ने


सिलगढ़ी, 14 अप्रेल (हि.स.)। बंगला नववर्षको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढ़ी आइरहेकी छन्। पार्टी सूत्रानुसार 15 अप्रेलको दिन मुख्यमन्त्रीले सिलगढ़ी शहरमा पदयात्रा (रोड शो) गर्नेछन्। यस कार्यक्रमको माध्यमबाट उनले सिलगढ़ी विधानसभा सीटबाट तृणमूल कंग्रेस उम्मेद्वार गौतम देवको समर्थनमा जनसम्पर्क गर्नेछन्।

जानकारी मुताविक यो पदयात्रा शहरको सिलगढ़ी जंक्शन क्षेत्रबाट शुरू भएर हाशमी चौकसम्म पुग्नेछ। नववर्षको दिन यस कार्यक्रममा व्यापक भीड़ जुट्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन तथा पारटीले पहिलाबाटै तयारी शुरू गरेको छ।

रूटको जायजा लिनका लागि सिलगढ़ी पुलिस कमिश्नर सैयद वकार रजाले क्षेत्रको निरीक्षण गरिसकेका छन्। उनको साथमा डीसीपी (इस्ट) राणा मुखर्जी, ट्राफिक डीसीपी काजी शमसुद्दीन औ डीसीपी मुख्यालय तन्मय सरकार सहित केही पुलिस अधिकारीहरू उपस्थित थिए। मुख्यमन्त्रीको हेलिकप्टर सिलगढ़ी हिन्दी हाई स्कूल मैदानमा उत्रिने सम्भावना छ जसको पनि निरीक्षण गरिसकिएको छ। सिलगढ़ी नगरनिगमका डिप्टी मेयर रञ्जन सरकारले भने, सर्वसाधारण मानिसहरूलाई समस्या नहोस् तथा उनीहरूले सहजै आफ्नो नेतालाई भेट गर्न सकुन् भने सबै आवश्यक व्यवस्था गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande