यसपालि बंगाल चुनाउमा लापरवाही तथा हिंसामाथि चुनाउ आयोगले जीरो टलरेन्स अप्नाउनेछ, अधिकारीहरूलाई दिइएको छ कड़ा निर्देश
यसपालि बंगाल चुनाउमा लापरवाही तथा हिंसामाथि चुनाउ आयोगले जीरो टलरेन्स अप्नाउनेछ, अधिकारीहरूलाई दिइएको छ कड़ा निर्देश


कोलकाता, 14 अप्रेल (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउलाई मध्यनजर गर्दै निर्वाचन अधिकारीहरूले राज्यमा स्वतन्त्र तथा निष्पक्ष मतदान सुनिश्चित गर्नको लागि कड़ा नीति अप्नाएका छन्। अधिकारीहरूले स्पष्ट पारे, मतदान प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि गतिविधिप्रति शून्य सहनशीलता नीति अप्नाइनेछ।

जिल्ला मेजिस्ट्रेट, पुलिस अधीक्षक, पुलिस आयुक्त औ केन्द्रिय सशस्त्र पुलिस बलको जिल्ला समन्वयकहरूसित भएको बैठकमा चुनावी कदाचार औ मतदाताहरूलाई प्रभावित पार्ने प्रयासहरूमाथि कड़ा निगरानी राख्ने निर्णय लिइयो। एकजना वरिष्ठ अधिकारीले भने, गए सोमवार उपचुनाउ आयुक्त ज्ञानेश भारतीको नेतृत्वमा चुनाउ आयोगको एक टीम बंगाल आइपुगेको छ। उनीहरूले लगातार बैठकहरू गरिरहेका छन्। अबेर रातीसम्म भइरहेका बैठकहरूमा सबै अधिकारीहरूलाई स्पष्ट रूपमा भनिएको छ, हरेक मतदातालाई भयरहित तथा दबावरहित भएर मतदान गर्ने अधिकार छ भने प्रशासन यसलाई सुनिश्चित गर्नको लागि पूर्ण प्रतिबद्ध छ।

अधिकारीहरूले यो पनि स्पष्ट पारे, बूथ कब्जा एवं मतदानमा बाधा दिने जस्ता गतिविधिहरूलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। केन्द्रिय बलका एकजना समन्वयकले भने, पर्याप्त सुरक्षा बलहरूलाई तैनाथ गर्नको साथै गहन निगरानी गरिनेछ। कुनै पनि उल्लंघन भएको खण्डमा कानून अनुरूप कारबाही गरिनेछ।

बैठकमा यो पनि निर्देश दिइयो, सरकारी विभाग, सार्वजनिक उपक्रम, स्वायत्त निकाय तथा स्थानीय निकायहरूका कर्मचारीहरू पूर्ण रूपमा निष्पक्ष रहुन् तथा कुनै पनि परकारको राजनीतिक गतिविधिदेखि टाड़ा बसुन्। एकजना पुलिस अधिकारीले भने, सरकारी कर्मचारीहरूबाट तटस्थता कायम राख्ने अपेक्षा छ। कुनै पनि प्रकारको लापरवाही भएको खण्डमा अनुशासनात्मक तथा कानूनी कारबाही गरिनेछ।

निर्वाचन अधिकारीहरूले बताए, यस समन्वित पहलको उद्देश्य मतदाताहरूबीच विशवासलाई सशक्त बनाउनु हो ताकि हरेक मतदाताले भयरहित भएर आफ्नो मताधिकारको प्रयोग गर्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande