दिलीप घोषमाथि फिरहादको कटाक्ष- ‘तृणमूलमा आउने कुरा गरिएको थियो’
दिलीप घोषमाथि फिरहादको कटाक्ष- ‘तृणमूलमा आउने कुरा गरिएको थियो’


खड़गपुर, 14 अप्रेल (हि. स.)। फिरहाद हाकिमले गए सोमवार साँझ खड़गपुरको इन्दा ईदगाह मैदानमा तृणमूल कंग्रेस उम्मेद्वार प्रदीप सरकारको समर्थनमा आयोजित एक जनसभालाई सम्बोधन गरे।सभामा उनले भाजपा नेता दिलीप घोषलाई लक्षित गर्दै दाबी गरे, दिलीप घोष एक समयमा तृणमूलमा सामेल हुन चाहन्थे।

फिरहाद हाकिमले भने, आज यहाँका उम्मेद्वार बनेका व्यक्ति पहिला यसै क्षेत्रका सांसद थिए, तर अचानक उनलाई यहाँदेखि दुर्गापुरमा पठाइयो जहाँ उनलाई हारको सामना गर्नुपऱ्यो। उनले आरोप लगाए, त्यसपछि निराश भएर दिलीप घोषले भनेका थिए- अब भाजपामा बस्नु सम्भव छैन, यदि तृणमूलले स्थान दिए उनी त्यहाँ सामेल हुनेछन्। उनले व्यंग्य कस्दै भने, पछि प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट तथा हात मिलाएपछि उनको नीति नै परिवर्तन भयो, त्यसपछि फेरि उनलाई टिकट दिइयो।

फिरहाद हाकिमले मतदाता सूचीबाट नाम हटाइएको मुद्दामा पनि भाजपालाई घेरे। उनले भने, सूचीबाट नाम मेटिएका मानिसहरूलाई देशद्रोही भन्नु गलत हो। देशद्रोही त्यो हो जसले संविधानलाई सम्मान गर्दैन तथा 18 वर्षदेखि माथिका नागरिकहरूको मताधिकार खोस्ने प्रयास गर्छ। उनले भने, यदि यसै मतदाता सूचीको आधारमा वरष 2024-मा चुनाउ सम्पन्न भएको थियो भने अब त्यसमाथि प्रश्न किन उठाइँदैछ।

प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै उनले भने, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई सबैले सम्मान गर्थे, तर मोदीको भाषा हिन्दी फिल्म शोलेका खलनायक गब्बर सिंह जस्तै छ। उनले आरोप लगाए, भाजपाले तृणमूललाई चार्जशीट दिरहेको छ जबकि चार्जशीट दिने अधिकार पुलिस वा जाँच एजेन्सीहरूको हुन्छ।

केन्द्रिय गृह मन्त्री अमित शाहको नाम उल्लेख गर्दै उनले भने, एक समयमा उनलाई सीबीआईले पक्राउ गरेको थियो, तर पछि उनले क्लीन चीट पाए। उनले प्रश्न उठाए, भाजपाले अन्यलाई चार्जशीट दिने कुरा गर्छ, तर आफ्नै नेताहरूको मामिलामा के भयो?

फिरहाद हाकिमले यो पनि आरोप लगाए, अन्य राज्यहरूमा बंगाल भाषा बोल्ने प्रवासी श्रमिकहरूमाथि हमला भइरहेको छ। बंगालका मानिसहरू भारतीय बंगाली हुन्, बंगलादेशी होइन।

राज्य सरकारको कामकाजको उल्लेख गर्दै उनले भने, जंगलमहल क्षेत्रमा एक समयमा आदिवासी समुदायका मानिसहरूलाई पेट भर्नको लागि कमिलाको अण्डा र झारपात खानुपर्थ्यो, तर मुख्यमन्त्री ममता ब्यानर्जीको विकास योजनाहरूले गर्दा आज उनीहरूको स्थितिमा सुधार आएको छ। उनीहरूले सम्मानजनक जीवन बिताइरहेका छन्। उनले भने, मुख्यमन्त्रीले कुनै एक विशेष समुदायको लागि होइन जबकि जाति-धर्मदेखि माथि उक्लेर सबैका लागि काम गरिरहेकी छन्।

अर्कोतिर यस बयानमाथि प्रत्याक्रमण गर्दै दिलीप घोषले भने, तृणमूलको स्थिति आज बेकाम्मे सिक्का जस्तै भएको छ। उनले तृणमूललाई “डस्टबिन” बताउँदै भने, पार्टी यतिसाह्रो फोहोर भइसकेको छ कि त्यहाँबाट माछा बजारको जस्तो दुर्गन्ध आउँछ। उनले यो पनि आरोप लगाए, शिक्षा, स्वास्थ्य औ रोजगारको लागि यहाँका मानिसहरूलाई अन्य राज्यहरूमा जान परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande