
बिजबेहरा, 14 अप्रेल (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लले मंगलवार भने, उनको सरकारले जंगल राज- को अनुमति दिनेछैन। क्षेत्रमा शान्ति अनि स्थिरतालाई कायम राख्नको लागि सरकार प्रतिबद्ध छ। बिजबेहरामा पत्रकारहरूसित कुराकानी गर्दै अब्दुल्लाले भने, उनको सरकारको लक्ष्य जम्मू-कश्मीरमा शान्तिपूर्ण माहोल र स्थिर स्थिति भएको एउटा नयाँ चरण शुरू गर्नु हो।
उनले भने, यस्तो लाग्छ उनीहरू शान्ति चाहँदैनन् र यसको सट्टा साम्प्रदायिक अशान्ति तथा संघर्ष होस् भन्ने चाहन्छन्। जबसम्म मेरो सरकार सत्तामा रहनेछ हामी जम्मू-कश्मीरमा यस्तो कुरा कहिल्यै हुन दिनेछैनौं। व्यक्ति वा समूहहरूको नाम उच्चारण नगरी अब्दुल्लाले भने, कतिपय तत्वहरूले वर्तमान शान्तिलाई बिगार्ने प्रयास गरिरहेका छन्। मेरो सरकार कानून-व्यवस्थामा कुनै पनि प्रकारको ह्रासलाई रोक्नको लागि ठूलो कदम उठाउनेछ।
मुख्यमन्त्रीले उपराज्यपाल मनोज सिन्हासित रामबनमा हालैमा भएको हत्यामा सामेल मानिसहरू सहित स्थितिलाई बाधित गर्ने प्रयास गर्ने आरोपीहरूविरूद्ध कड़ा कारबाही सुनिश्चित गर्ने आग्रह पनि गरे। उनले भने, यसबाट एउटा कड़ा सन्देश जानुपर्छ कि वर्तमान सरकार यस किसिमको अव्यवस्था र अराजकतालाई सहन गर्नेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा