खारघुली खेल मैदानमा रंगाली बिहू कार्यक्रमको राज्यपाल आचार्यले गरे उद्घाटन
खारघुली खेल मैदानमा रंगाली बिहू कार्यक्रमको राज्यपाल आचार्यले गरे उद्घाटन


गुवाहाटी, 14 अप्रेल (हि.स.)। राजधानीको खारघुली खेल मैदानमा रंगाली बिहूको उपलक्ष्यमा एक दिवसीय कार्यक्रमको आयोजन गरियो जसमा ठूलो संख्यामा मानिसहरूले उत्साहपूर्वक भाग लिए। पारम्परिक रिती-थिती तथा सांस्कृतिक प्रस्तुतिहरूको माध्यमबाट असमिया नववर्षलाई स्वागत गरियो।

कार्यक्रमको शुभारम्भ राज्यपाल लक्ष्मण प्रसाद आचार्यले ध्वजारोहणबाट गरे। त्यसपछि विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरियो जसमा स्थानीय कालाकारहरूद्वारा बिहूको समृद्ध परम्परालाई प्रस्तुत गरियो।

अर्कोतिर जजेज फील्डमा आयोजित अखिल असम छात्र संघ (आसू)- को मुकली बिहू कार्यक्रमलाई सम्बोधन गर्दै आसू नेताहरूले भने, बहागदेखि शुरू हुने यो वर्ष असमिया समाजको लागि आशाको वर्ष बनोस्। उनीहरूले यो पनि कामना गरे, यो वर्ष यस्तो होस् जसमा जनताले आफूलाई सुरक्षित महसूस गरुन्।

कार्यक्रममा सामाजिक एकता, सांस्कृतिक गौरव औ सामूहिक उत्सवको झलक देख्न पाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande