
सिलगढ़ी, 14 अप्रेल (हि.स.)। चिया बगान श्रमिकहरूको समर्थन हासिल गर्नका लागि वाम मोर्चा उम्मेद्वार झरेन रायलाई मंगलवार बिहान-बिहानै भोटको अपील गर्दै गरेको देखियो। माटीगाड़ा-नक्सलबाड़ी विधानसभा क्षेत्र अधिनस्थ नक्सलबाड़ी चिया बगानमा उनले प्रचार गरे। यस अवधि उनले चिया श्रमिकहरूसित भेट गरी उनीहरूको समस्या सुने अनि भोटको निम्ति अपील गरे। आफ्नो भाषणमा रायले तृणमूल र भाजपा सरकारमाथि विकास नगरेको आरोप लगाए। उनले श्रमिकहरूको अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरे।
उनले चियान बगान श्रमिकहरूको रोज, जमीनको अधिकार, भोजन, कपड़ा तथा आवास जस्ता आधारभूत आवश्यकाहरूलाई प्रमुख मुद्दा बताउँदै भने, यी समस्याहरूको समाधान हुन आवश्यक छ।
वाम उम्मेद्वारले भने, चिया श्रमिकहरूको भोट यस चुनाउमा अत्यन्त महत्वपूर्ण छ। अहिलेसम्ममा 24 वटा चिया बगान क्षेत्रसँगसँगै गाउँ-गाउँमा प्रचार गरिसकिएको छ।
झरेन रायले दाबी गरे, चिया श्रमिकहरू परिवर्तन चाहन्छन्। उनले विश्वास व्यक्त गरे, यसपालि माटीगाड़ा-नक्सलबाड़ी सीटमा वामपन्थी पार्टीले जीत हासिल गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा