आमाले हप्काएकै कारणले युवकले गऱ्यो आत्महत्या, क्षेत्रमा खैलाबैला
आमाले हप्काएकै कारणले युवकले गऱ्यो आत्महत्या, क्षेत्रमा खैलाबैला


नदिया, 14 अप्रेल (हि. स.)। जिल्लाको कल्याणीस्थित मदनपुर तेघड़ी क्षेत्रमा एकजना युवकले आत्महत्या गरेको घटना सामु आएको छ। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचिएको छ। मृतकको पहिचान सुदीप विश्वास (19)- को रूपमा भएको छ। सामान्य भनाबैरी भएको केही समयपछि युवकको शव घरभित्र गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। घटनापछि परिवार शोकमा डुबेको छ।

भनिन्छ, उसले काठको काम गर्थ्यो र पछिल्लो केही दिनदेखिको बिमार पनि थियो। परिवार अनुसार गए सोमवार राती उ बाहिर जान चाहन्थ्यो, तर आमाले उसलाई रोकी। यसैलाई लिएर आमा-छोरामाझ भनाबैरी भयो। आमाले अस्वीकार गर्दा-गर्दै पनि युवकले बाहिर जानको लागि जिद गरिरहेको थियो। त्यसैले आमाले उसलाई हप्काएकी थिइन्। त्यसपछि उ आफ्नो कोठाभित्र पस्यो।

मंगलवार बिहान सदा जस्तै आमा उसलाई उठाउन जाँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। शंका लागेर घर पछाड़िको झ्यालबाट चियाउँदा सुदीप गलफन्दामा झुण्डिरहेको थियो। यो दृश्य देखेर आमा रूँदै चिच्याउन थाली। यो सुनेर छर-छिमेकका मानिसहरू दौड़ेर घटनास्थलमा पुगे। घटनाको सूचना चाकदह थानालाई दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा पोस्टमर्टम गर्नको लागि कल्याणी कलेज अफ मेडिसिन एवं जवाहरलाल नेहरू मेमोरियल अस्पतालमा पठाइदियो।

परिवारजनको रोएर बेहाल भएको छ। मृतककी आमाको भनाइ छ, उनलाई विश्वास भइरहेको छैन कि सामान्य हप्काईको परिणाम यस्तो भयानक हुनसक्छ भनेर। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande