पोस्ट च्यातेको आरोप, तृणमूल कार्यकर्ताहरूद्वारा सड़क जाम
पोस्ट च्यातेको आरोप, तृणमूल कार्यकर्ताहरूद्वारा सड़क जाम


जलपाईगुड़ी, 14 अप्रेल (हि.स.)। तृणमूल कंग्रेसको चुनावी पोस्टर च्यातिदिएको घटना प्रकाशमा आउनसाथ क्षेत्रमा तनाउ फैलियो। तृणमूलले आरोप लगाएको छ, अन्य पार्टीहरूको पोस्टर सुरक्षित छ भने उनीहरूको उम्मेद्वारको पोस्टरलाई मात्र लक्षित गरिएको छ। यस घटनाले क्षेत्रको राजनीतिक माहोललाई तताएको छ।

प्राप्त जानकारी मुताविक जलपाईगुड़ी विधानसभा सीटबाट तृणमूल उम्मेद्वार कृष्ण दासको समर्थनमा सोमवार सिपाईपाड़ा बजारदेखि बोधनिमोड़सम्म लगभग पाँच किलोमीटरको क्षेत्रमा पोस्टर टाँसिएको थियो। तर मंगलवार बिहान सबै पोस्टरहरू च्यातिएको अवस्थामा सड़कमा भेटियो। यस घटनाको विरोधमा मंगलवार तृणमूल कार्यकर्ता तथा समर्थकहरूले जलपाईगुड़ी-हल्दीबाड़ी राज्य सड़कलाई जाम गरेर प्रदर्शन गरे। लगभग डेढ़ घण्टासम्म चलेको यस पथावरोदको कारणले यातायात पूर्ण रूपले प्रभावित भयो। पछि पुलिसले कारबाही गर्ने आश्वासन दिएपछि प्रदर्शनकारीहरूले जामलाई हटाए।

घटनाको सूचना पाएर मानिकगञ्ज आउटपोस्टको पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। क्षेत्रको सीसीटीभी फुटेजको जाँच गरिंदैछ।

खारिजा बेरुबाड़ी-1 अञ्चल कमिटीका अध्यक्ष धनञ्जय रायले आरोप लगाए, भाजपाले यस क्षेत्रमा अशान्ति फैलाउने चेष्टा गरिरहेको छ। यस सम्बन्दमा पुलिस अनि चुनाउ आयोग समक्ष सिकायत गरिएको छ।

यता भाजपा नेता सौमेन रायले उपरोक्त आरोपलाई खारेज गर्दै भने, पार्टी यस किसिमको कार्यमा सामेल छैन। यो तृणमूलको आन्तरिक विवादको परिणाम हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande