चुनाउ 26ः बंगालमा 2 हजार 926 उम्मेद्वार मैदानमा, नामाङ्कन प्रक्रिया पूर्ण
चुनाउ 26ः बंगालमा 2 हजार 926 उम्मेद्वार मैदानमा, नामाङ्कन प्रक्रिया पूर्ण


कोलकाता, 14 अप्रेल (हि.स.)। भारत निर्वाचन आयोगले पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 लाई लिएर महत्वपूर्ण जानकारी जारी गर्दै बतायो, राज्यमा मोठ 02 हजार 926 जना उम्मेद्वारहरू चुनावी मैदानमा छन्। यो आँकड़ा नामाङ्कन फिर्ता लिने अन्तिम तिथिपछि जारी गरिएको हो।

आयोग अनुसार गत 15 मार्च, 2026-मा असम, केरल, पुडुचेरी, तमिलनाडु औ पश्चिम बंगाल विधानसभाको आम चुनाउ तथा 6 वटा राज्यहरूमा उपचुनाउको कार्यक्रम घोषित गरिएको थियो। पश्चिम बंगालमा दोस्रो चरणको लागि नामाङ्कन दर्ता गर्ने अन्तिम तिथि गत 9 अप्रेल, 2026-सम्म तय गरिएको थियो भने 10 अप्रेलमा नामाङ्कन पत्रहरूको जाँच भयो। उम्मेद्वारहरूलाई आफ्नो नामाङ्कन पत्र फिर्ता लिनका लागि गए 13 अप्रेल, 2026-को अपरान्ह 3 बजेसम्मको समय दिइएको थियो।

नामाङ्कन फिर्ताको प्रक्रिया पूरा भएपछि जारी आँकड़ा अनुसार पश्चिम बंगालको पहिलो चरणमा 152 वटा विधानसभा सीटहरूको लागि 01 हजार 478 जना उम्मेद्वाहरू मैदानमा छन्। दोस्रो चरणमा 142 वटा सीटको लागि 01 हजार 448 जना उम्मेद्वारहरूले चुनाउ लड़िरहेका छन्। यसरी दुवै चरणलाई मिलाएर मोठ 02 हजार 926 जना उम्मेद्वारहरू चुनावी दौड़मा सामेल भएका छन्।

आयोगले बतायो, रिटर्निंग अधिकारीहरूले चुनाउ संचालन नियम, 1961 अन्तर्गत सबै उम्मेद्वारहरूको अन्तिम सूची सरकारी राजपत्रमा प्रकाशित गर्नेछन्। साथै प्रत्येक निर्वाचन क्षेत्रमा नामाङ्कन, जाँच तथा नाम फिर्तासित सम्बन्धित सबै दस्तावेजहरूलाई सुरक्षित रूपमा सीलबन्द राखिनेछ।

आयोगले स्पष्ट पाऱ्यो, ईभीएमको ब्यालेट यूनिटमा उम्मेद्वारहरूको रंगीन फोटो, क्रम संख्या, नाम र चुनाउ चिन्ह ठूलो अक्षरहरूमा प्रदर्शित गरिनेछ ताकि मतदाताहरूलाई कुनै पनि प्रकारको असुविधा नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande