हमलामा दोषी जुनै पार्टीको भए पनि कारबाही हुनुपर्छ: अनित थापा
अनित थापा


खरसाङ, 14 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेदवार बन्दना राईमाथि बालासनमा भएको कथित हमलालाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले प्रतिक्रिया दिएका छन्।

उनले भने, पुलिस प्रशासनको कार्य एकदमै ढिलो भइरहेको छ। दोषी पक्रा नपरेको कारण बदमास गर्नेहरूको मनोबल बढेर गइरहेको छ।' उनले भने, 'बिजनबारीको घटना हुँदा पनि मैले कानुनलाई हातमा नलिन अपील गरेको थिए। मैले बारम्बार एसपी समक्ष तुरुन्तै दोषी पक्राउ गर्न माग गरे। यस्तो घटना हुनु हुँदैन। अशान्ति नगरौं। झमेला नगरौँ।'

उनले जुनै पनि पार्टीको होस् पुलिसले दोषीलाई पक्रा गरेको हुनुपर्छ भनी बताए। उनले बालसनको घटनामा यदि बीजीपीएमको कुनै कार्यकर्ताको हात छ भने पनि उसलाई पक्राउ गर्नुपर्छ भने। उनले भने, 'पुलिसले जे एक्सन लिन्छ, त्यसलाई म समर्थन गर्छु।' अर्कातिर, प्रचार गर्नेले पनि प्रोभोकिङ प्रचार प्रसार गर्नु नहुने उनले बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande