आईजीजेएफ उम्मेदवार बन्दना राईको काफिलामा हमला, भागोप्रमोमाथि आरोप
आईजीजेएफ उम्मेद्वार बन्दना राईको काफिलामा हमला


खरसाङ, 14 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) की उम्मेदवार बन्दना राईमाथि हमला भएको जानकारी प्रकाशमा आएको छ। हमला उनी लगायत उनका समर्थक नेहुर बालासन क्षेत्रमा चुनावी प्रचारको क्रममा भएको उम्मेदवार राई स्वयंले आफ्नो सामाजिक सञ्जालको पेजमा एक भिडियोमार्फत जनाएकी छन्।

उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का कार्यकर्ताहरुले उनीमाथि हमला गरेको आरोप लगाएकी छन्। बालासन क्षेत्रमा चुनाउ प्रचारको क्रममा उनको कन्वोयमाथि हमला भएको उनले दाबी गरेकी छन्।

यस विषयमा फोनमा बातचीत गर्दै बन्दना राईले भनिन्, 'हाम्रो सेड्युल अनुसार नै चुनाउ प्रचारमा गएका थियौँ, अर्डर नै थियो। तर पछिबाट सुनेको त्यहाँ जानु चेताउनी दिएको थियो हरे।' उनले भनिन्, 'त्यहाँ एकजनाले नाङ्गो खुकुरीले गाडीलाई हानेको छ। ती व्यक्तिले हाम्रो कन्वोयमा हमला गरेको छ। त्यो पनि दुईपल्ट हमला गरेको छ। गाडीलाई हिर्काएको छ। मलाई ताकेर हुर्काएको थियो होला, तर मलाई नलागेर गाडीलाई लागेको छ।'

उनले यो घटना नेहरु बालासन क्षेत्रमा दिउॅंसो लगभग 4 बजी भएको बताइन्। उनले यस घटनामा आरोपी पक्राउ परेको र यस घटनालाई लिएर लिगल टिमले काम गरिरहेको बताएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande