मुख्यमन्त्रीले नयॉं वर्षमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना दिए
ps tamang


गान्तोक, 14 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले वैशाखी पर्वको सबैमा हार्दिक बधाई दिॅंदै यो पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, आशा र सफलताको उज्यालो ल्याओस् भन्ने कामना गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा भने, 'नयाँ वर्षको आगमन, कृषिजन्य समृद्धि र सांस्कृतिक एकतालाई प्रतीकात्मक रूपमा दर्शाउने पावन पर्व वैशाखीको शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।' यस पावन पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, आशा र सफलताको उज्यालो ल्याओस् भन्ने उनले कामना गरेका छन्।

मुख्यमन्त्रीले वैशाखीले परिश्रम, उमङ्ग एवम् समृद्धिको सन्देश दिँदै समाजमा परस्पर मेलमिलाप र उत्साहको वातावरण सिर्जना गर्दछ भनेका छन्। उनले यस शुभ-मङ्गलमय दिनले आपसी सद्भावना, मैत्री, एकता अनि खुशीको वातावरणलाई अझ सुदृढ़ बनाओस् भन्ने कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande