
नयाँ दिल्ली, 25 अप्रेल (हि.स.)। कांग्रेस सांसद राहुल गान्धीले उत्तर प्रदेशको गाजीपुर बलात्कार र हत्याको घटनामा कानून व्यवस्थामाथि प्रश्न उठाएका छन्। उनले दोषी पुलिस अधिकारीहरूमाथि कारबाही, पीड़ित परिवारको सुरक्षा र घटनाको उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्।
राहुल गान्धीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा हाथरस, कठुआ, उन्नाव र अहिले गाजीपुरमा भएका घटनाहरूलाई एक प्याटर्न बताउँदै भने, प्रत्येक पटक पीड़ित दलित, पछाड़िएको वर्ग, आदिवासी वा गरीब हुन्छ र अपराधीहरूले सुरक्षा पाउँछन्। उनले मणिपुर घटनाको पनि उल्लेख गरे।
राहुल गान्धीले आरोप लगाए कि सरकार हरेक पटक मौन रहन्छ र बोल्ने अपेक्षा गरिएकाहरू मौन रहन्छन्। जुन देशमा आमाबाबुले आफ्नी छोरी विरुद्ध एफआईआर दर्ता गर्न भिख माग्नुपर्छ त्यहाँको सरकारलाई सत्तामा बस्ने कुनै नैतिक अधिकार छैन।
हिन्दुस्थान समाचार / भवानी थामी