
डिब्रुगढ़ (असम), 28 अप्रेल (हि.स.)। गुवाहाटीको मठघरियामा भएको भयङ्कर सड़क दुर्घटनापछि भागेका चालक समिम अहमदलाई अन्ततः डिब्रुगढ़ जिल्लाको लाहोवालबाट पुलिसले गए राती पक्राउ गऱ्यो। यो पक्राउ डिब्रुगढ़ पुलिसद्वारा गरिएको हो।
पुलिस अनुसार गत आइतवार बिहान सबेरै भएको दुर्घटनापछि आरोपी चालक भागेको थियो भने उसले लगातार ठेगाना परिवर्तन गर्दै आइरहेको थियो। गुवाहाटी पुलिसको एक टीम उसलाई आफूसित लिएर डिब्रुगढ़देखि गुवाहाटी तर्फ प्रस्थान भइसकेको छ। जानकारी मुताविक समिम अहमदको मूल निवास त्रिपुराको राजधानी अगरतला हो, तर उ गुवाहाटीको जयनगर क्षेत्रमा बस्दै आइरहेको थियो।
उल्लेखनीय छ, गत आइतवार सबेरै मठघरिया गेट अस्पतालको छेउमा खड़ा ट्रक (एएस-01जीपी-0562)-लाई द्रूत गतिको कारणले ठक्कर दिएको थियो जसले गर्दा कारमा सवार तीनै जना युवीतहरूको पीड़ादायी मृत्यु भएको थियो। दुर्घटना भएदेखि नै चालक भागेको थियो जसको खोजीमा पुलिसले लगातार छापामारी गर्दै आइरहेको थियो। अब पक्राउपछि अग्रिम कानूनी कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा