हुगलीमा अनौठो पहल मतदान केन्द्रमा सनाईको सुर र कफीको स्वाद
हुगलीमा अनौठो पहल मतदान केन्द्रमा सनाईको सुर र कफीको स्वाद


हुगली, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ अवधि हुगली जिल्लाको धनेखाली स्थित अनन्तपुर प्राथमिक विद्यालय मतदान केन्द्रमा बुधवार मतदानको अनौठो दृश्य देखियो। मतदान केन्द्रको परिवेश यस्तो भएको थियो मानौं कुनै विवाह समारोह आयोजना भइरहेको छ।

मतदान केन्द्रको प्रवेश द्वारमा केन्द्रिय बलहरूको तैनाथीबीच स्थानीय स्वयंसेवी समूहका महिलाहरूले मतदाताहरूलाई गुलाबको फूल दिएर स्वागत गरिरहेका थिए। केन्द्रभित्र मतदाताहरूको लागि कफीको व्यवस्था गरिएको थियो भने सनाईको धुन बजिरहेकोले सम्पूर्ण वातावरण उत्सव जस्तै प्रतीत भइरहेको थियोण।

घाँमदेखि बच्नको लागि शेड, बस्नका लागि कुर्सीहरू तथा चिसो पानीको पनि पर्याप्त व्यवस्था गरिएको छ। टाड़ाबाट हेर्दा यस्तो लागिरहेको छ मानौं कुनै विवाहको घरमा प्रवेश गरिरहेका छौं। मतदान केन्द्रभित्र महिला अनि पुरूष मतदाताहरूको लामो पङ्क्ति देखियो। मतदाताहरूले उत्साहको साथमा आफ्नो मताधिकारको प्रयोग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande