आफ्नो लस्करसितै मतदान केन्द्रहरूको निरीक्षण गर्न पुगे अजयपाल शर्मा
आफ्नो लस्करसितै मतदान केन्द्रहरूको निरीक्षण गर्न पुगे अजयपाल शर्मा


कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको दोस्रो चरणको मतदान भइरहँदा डायमण्ड हार्बर पुलिस जिल्लाका पुलिस पर्यवेक्षक औ आईपीएस अधिकारी अजयपाल शर्मालाई बुधवार बिहानदेखिकै एक्शन मोडमा देखियो। ‘सिङ्घम’- को नामले चर्चित यी अधिकारीले सुरक्षा बलहरूको लस्करसितै विभिन्न मतदान केन्द्रहरूको दौड़ाह गरेर मतदानको स्थितिको जायला लिए।

जानकारी अनुसार अजयपाल शर्माको लावा-लस्कर बिहानदेखिकै डायमण्ड हार्बर क्षेत्रमा सक्रिय रह्यो। उनको साथमा बख्तरबन्द वाहन अनि केन्द्रिय बलहरूका जवानहरू पनि उपस्तित थिए। उनले राष्ट्रिय राजमार्ग-117 भएर फलता, डायमण्ड हार्बर तथा मोगराहाट (पश्चिम) विधानसभा क्षेत्रहरूमा घुमेर मतदानको स्थितिमाथि नजर राखिरहेका छन्। अधिकारीहरू अनुसार अहिलेसम्म त यस क्षेत्रमा शान्तिपूर्ण ढङ्गमै मतदान भइरहेको छ। केन्द्रिय बलहरूले निरन्तर रूट मार्ट गरिरहेका छन्।

उल्लेखनीय छ, दोस्रो चरणको मतदानलाई शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको लागि चुनाउ आयोगले राज्यमा 11 जना पुलिस पर्यवेक्षकहरूलाी नियुक्त गरेको छ जसमध्ये दक्षिण 24 परगना जिल्लामा सर्वाधिक तीन जना अधिकारीहरूलाई तैनाथ गरिएको छ जसमा अजयपाल शर्माको नाम प्रमुख छ।

उत्तर प्रदेश पुलिसका डीआईजी रहिसकेका अजयपाल शर्मा ‘एनकाउन्टर स्पेशलिस्ट’ -को रूपमा पनि चर्चित छन्। तथापि उनको नियुक्तिलाई लिएर विवाद पनि भएको छ। कङ्ग्रेसकी नेता महुआ मोइत्राले हालैमा उनको एउटा भीडियो जारी गर्दै आरोप लगाएकी थिइन्। साथै तृणमूल उम्मेद्वार जहाँगिर खानको घरमा गएर धम्की दिएको आरोप पनि लगाइएको थियो। उपरोक्त आरोपहरूको मामिला अदालतमा समेत पुगिसकेको छ। साथै उनको भूमिकामाथि प्रश्न उठाइँदैछ। महुआ मोइत्राको सोशल मीडिया पोस्टविरूद्ध पनि दिल्ली साइबरमा मुद्दा दर्ता भइसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande