
गोलाघाट (असम), 29 अप्रेल (हि.स.)। असमको गोलाघाट जिल्लामा एउटा लग्जरी कार अचानक सड़कमा ह्वार-ह्वार बल्यो। तथापि वाहनमा सवार तीन जना युवकहरू भने आफ्नो ज्यान बचाउन सफल भए।
बुधवार प्राप्त जानकारी अनुसार बिहानीको समय द्रूत गतिमा स्टन्ट देखाउने क्रममा वाहन अनियन्त्रिति भएर सड़क किनारको खम्बासित ठोक्कियो। ठोक्किनसाथ वाहनमा आगो लाग्यो जसले हेर्दा-हेर्दै सम्पूर्ण वाहनलाई आफ्नो चपेटमा लियो।
घटना हुँदा वाहनमा सवार तीन जना युवकहरू समयमै वाहन बाहिर आए जसले गर्दा जनहानि भएको समाचार प्राप्त भएको छैन। स्थानीय मानिसहरूले आगोलाई निभाउने भरमग्दुर प्रयास गरे। सूचना पाएर दमकल विभागको टीम पनि घटनास्थलमा पुग्यो जसले आगोलाई नियन्त्रण गऱ्यो।
पुलिसले मामिलाको जाँच कार्य शुरू गरेको छ। लापरवाही पूर्वक वाहन हाँकेकोमा कारबाही गर्ने कुरा बाहिरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा