पत्नी बेपत्ता भएको कारण पतिले गऱ्यो आत्महत्या
पत्नी बेपत्ता भएको कारण पतिले गऱ्यो आत्महत्या


नगाउँ (असम), 29 अप्रेल (हि.स.)। असमको बढ़मपुरस्थित घोघर गाउँमा एउटा दुःखदायी घटना भएको छ जहाँ पत्नी बेपत्ता भएको कारणले सामाजिक दबाउलाई सहन गर्न नसकेर एकजना युवकले आत्मघाती कदम उठायो। मृतक युुवकको पहिचान राजीव बोराको रूपमा भएको छ।

बुधवार प्राप्त जानकारी अनुसार राजीव बोराकी पत्नी देवाश्री बोरा पछिल्लो दश दिनदेखिको आफ्नो नवजात शिशुसितै बेपत्ता भएकी छन्। भनिन्छ, देवाश्री बोरा एकजना सीएसपी ब्याङ्ककी सञ्चालिका थिइन्। अचानक यसरी हराएको घटनापछि क्षेत्रमा विभिन्न प्रकारका चर्चाहरू शुरू भएको थियो।

स्थानीय ग्रामीणहरूले आरोप लगाएका छन्, देवाश्री बोरामाथि धेरैजना महिलाहरूको पैसा धाँधली गरेको आरोप लागेको थियो साथै एकजना ब्याङ्क अधिकारीसित अवैध सम्बन्ध रहेको चर्चा पनि गाउँमा भइरहेको थियो। यस्ता कुराहरूले परिवार विशेष गरी राजीव बोरामाथि सामाजिक दबाव बढ़दै गइरहेको थियो।

यसै तनाव र सामाजिक अपमानलाई सहन गर्न नसकेर राजीव बोराले आत्महत्या गरे। घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।

स्थानीय मानिसहरूले यस मामिलाको निष्पक्ष जाँच गर्ने माग गर्दै घटनासित सम्बन्धित सबै दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande