
हैलाकान्दी, 29 अप्रेल (हि.स.)। हैलाकान्दी जिल्लान्तर्गत क्षेत्रबाट पुलिसले भारी मात्रामा प्रतिबन्धित याबा ट्याबलेट जफत गरेको छ। पुलिसले बुधवार जानकारी दिएको छ कि हैलाकान्दीको रामनाथपुर पुलिसले सूचनाको आधारमा छापा मार्दा एउटा गाड़ीबाट ठूलो मात्रामा याबा ट्याब्लेट जफत गरिएको छ।
अभियानको क्रममा पुलिसले गाड़ीबाट 45 हजार याबा ट्याब्लेट जफत गरेको छ, जसको मूल्य लगभग 2 करोड रुपियाँ बराबर छ। पुलिसले यस मुद्दामा एक लागूऔषध तस्करलाई पक्राउ गरेको छ। पक्रा परेको लागूऔषध तस्करको पहिचान रमेश भूटानीको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एफआईआर दर्ता गरेको छ र गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी