मोरिकलोङ्ग लुटपाटकाण्डमा थप अर्को आरोपी पक्राउ
मोरिकलोङ्ग लुटपाटकाण्डमा थप अर्को आरोपी पक्राउ


नगाउँ (असम), 28 अप्रेल (हि.स.)। नगाउँ जिल्लाको मोरिकलोङ्ग लुटपाटकाण्डमा नगाउँ पुलिसले थप एकजना आरोपीलाई हिजो राती पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान नाजिरूल इस्लामको रूपमा भएको छ जो घटनापछि भागेको थियो।

पुलिस सूत्र अनुसार नाजिरुल इस्लाम मोइराबाड़ी चर क्षेत्रमा लुकेर बसेका थिए। गुप्त सूचनाको आधारमा अभियान सञ्चालन गरी उसलाई पक्राउ गरिएको हो।

उल्लेखनीय छ, यस लुटकाण्ड अवधि उपद्रवीहरूको हमलामा परी एकजना चिकित्सक र उनकी पत्नी घाइते भएका थिए। यस घटनापछि क्षेत्रमा सन्त्राष व्याप्त भएको थियो। पुलिसले घटना घटेको दोस्रो दिन डाँकाहरूलाई पक्राउ गरेको थियो। हाल पुलिसले आरोपीहरूसित जाँचबुझ गर्नको साथै मामिलासित सम्बन्धित सबै पाटो र पक्षको पनि जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande