बरपेटा सड़क दुर्घटनामा एक जनाले गुमाए ज्यान, एक जना घाइते
बरपेटा सड़क दुर्घटनामा एक जनाले गुमाए ज्यान, एक जना घाइते


बरपेटा (असम), 28 अप्रेल (हि.स.)। बरपेटा जिल्लाको सरभोगमा भएको एक सड़क दुर्घटनामा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अर्को व्यक्ति गम्भीर रूपमा घाइते भए जसलाई अस्पतालमा भर्ती गरिएको छ।

मृत युवकको पहिचान कलगछियाको बालापथार गाउँ निवासी सामाद मियाँका छोरा 26 वर्षीय जहिरुल इस्लामको रूपमा गरिएको छ भने बाइक सवार अर्को घाइते युवकको पहिचान सैदुल इस्लामको रूपमा गरिएको छ। घाइते सैदुललाई पहिला सरभोग थानामा लगियो जहाँबाट पछि उसलाई बरपेटा मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ती गरियो जहाँ उसको उपचार भइरहेको छ।

पुलिसले मङ्गलवार बतायो, गए राती लगभग 10 बजे दुवै युवक सरभोगको खरिसालस्थित आफन्तको घरमा गइरहेका थिए। यसै क्रममा खरिसाल पेट्रोल पम्पको छेउमा अर्को वाहनसित बाइक ठोक्कियो। यस घटनामा जहिरूलको घटनास्थलमै मृत्यु भयो भने सैदुल गम्भीर रूपमा घाइते भए। घटना बारे जानकारी पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर गम्भीर रूपमा घाइते व्यक्तिलाई अस्पतालमा भर्ती गरायो।

घटनास्थलमा पुगेको पुलिसको टीमले सड़क दुर्घटनामा ज्यान गुमाउने युवकको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande