कुवामा झरेर महिलाको मृत्यु
कुवामा झरेर महिलाको मृत्यु


गुवाहाटी, 28 अप्रेल (हि.स.)। राजधानी गुवाहाटीको मालीगाउँ क्षेत्रमा एकजना महिलाको कुवामा झरेर मृत्यु भयो। घटनाको कारणले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।

पुलिसले मङ्गलवार बतायो, मालीगाउँको आदिमगिरी हिमाली क्षेत्रमा जङ्गली साग लिन भीरमा चड़ेकी महिलाको खुट्टा चिप्लिएर कुवामा पसिन्। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको एसडीआरएफ तथा स्थानीय पुलिसले 40 फुट गहिरो कुवाबाट निकाल्यो। तर त्यसबेलासम्ममा महिलाको मृत्यु भइसकेको थियो।

मृत महिलाको पहिचान पूर्णिमा डेकाको रूपमा गरिएको छ। दुर्घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाइदिएको छ। पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी सम्पूर्ण मामिलाको जाँंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande