कोलकाता पुलिसका डीसी शान्तनु सिन्हा विश्वासलाई ईडीले फेरि पठायो समन
कोलकाता पुलिसका डीसी शान्तनु सिन्हा विश्वासलाई ईडीले फेरि पठायो समन


कोलकाता, 28 अप्रेल (हि.स.)। कोलकाता पुलिसका उपायुक्त शान्तनु सिन्हा विश्वासलाई प्रवर्तन निदेशालय (ईडी)-ले फेरि एकपटक बोलाएको छ। उनलाई मङ्गलवार नै सीजीओ कम्प्केल्समा उपस्थित हुने निर्देश दिइएको छ।

ईडी सूत्र अनुसार विश्वजीत पोद्दार उपनाम सोना पप्पूसित सम्बन्धित मामिलाको जाँचको सिलसिलामा यो समन जारी गरिएको हो। भनिन्छ, गए सोमवार राती नै ईडीले समन पठाएको थियो।

उल्लेखनीय छ, पछिल्लो सप्ताह कालीघाट थानाका पूर्व ओसी शान्तनुलाई बालुवा तस्करी मामिलाको जाँचमा पनि ईडीले बोलाएको थियो, तर उनी पेश भएनन्। उनको सट्टा उनका वकिल ईडी कार्यालयमा पुगेका थिए। अब मङ्गलवार पनि उनी ईडी समक्ष पेश हुनेछन् कि छैनन्, हाल केही स्पष्ट छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande