
गुवाहाटी, 28 अप्रेल (हि.स.)। असम उच्चतर माध्यमिकको अन्तिम वर्षको परीक्षाको परिणाम घोषणा भएको छ जसमा विज्ञान विभागले सर्वाधिक उतीर्ण प्रतिशत दर्ता गरेको छ।
कला विभागमा उतीर्ण प्रतिशत 79.54 रहेको छ भने यस विभागमा 2,41,124 परीक्षार्थीहरू परीक्षामा सामेल भएका थिए जसमध्ये 1,91,798 परीक्षार्थीहरू सफल घोषित भएका छन्। यीमध्ये 54,755 प्रथम श्रेणी, 79,181 द्वितीय श्रेणी औ 57,862 तृतीय श्रेणीमा उतीर्ण भएका छन्।
वाणिज्य विभागको उतीर्ण प्रतिशत 81.13 प्रतिशत दर्ता गरियो। यस विभागमा 19,469 परीक्षार्थीहरूले परीक्षा दिएका थिए जसमध्ये 15,796 परीक्षार्थी उतीर्ण भएका छन् जसमा 7,787 प्रथम श्रेणी, 5,694 द्वितीय श्रेणी एवं 2,315 तृतीय श्रेणीमा उतीर्ण भएका छन्।
विज्ञान सङ्कायले सर्वाधिक 89.79 प्रतिशत उतीर्ण दरको साथमा उत्कृष्ट प्रदर्शन गरेको छ। यस सङ्कायमा 60,667 परीक्षार्थीहरू सामेल भएकोमा 54,474 सफल भए जसमध्ये 34,079 प्रथम श्रेणी, 17,777 द्वितीय श्रेणी तथा 2,618 तृतीय श्रेणीमा उतीर्ण भएका छन्।
समग्रमा सबै विभागको परिणाम सन्तोषजनक रहेको छ जसमा विज्ञान विभागले सर्वश्रेष्ठ प्रदर्शन गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा