
गुवाहाटी, 28 अप्रेल (हि.स.)। प्रसिद्ध कलाकार जुबिन गर्गको मृत्युसित सम्बन्धित मामिलाको सुनवाई फास्ट ट्र्याक अदालतमा भइरहेको छ। यसै क्रममा आज आरोपी सिद्धार्थ शर्माको जमानत याचिकामाथि सुनवाई हुन गइरहेको छ।
यस मामिलामा श्यामकानु महन्त र सिद्धार्थ शर्माले चुनाउपछि जमानतको निम्ति अदालतमा आवेदन गरेका थिए। जानकारी अनुसार श्यामकानु महन्तको जमानत याचिकामाथि आगामी 30 अप्रेलमा सुनवाई निर्धारम गरिएको छ।
उल्लेखनीय छ, यस मामिलामा सात जना आरोपीहरूविरूद्ध चार्ज हियरिङ्गको प्रक्रिया फास्ट ट्र्याक अदालतमा पहिला नै पूरा भइसकेको छ। वर्तनमानमा श्यामकानु महन्त र सिद्धार्थ शर्मालाई निकासी जेलमा राखिएको छ।
यसै मामिलामा जुबिन गर्गका अङ्गरक्षकद्वय नन्देश्वर बोरा र परेश वैश्य यसै जेलमा थुनिएका छन् भने सन्दीपन गर्गले पनि सोही जेलमा बन्दी जीवन व्यतित गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा