
कोलकाता, 28 अप्रेल (हि. स.)। कोलकातामा दोस्रो चरणको मतदान हुनअघि आम यात्रीहरूमा मेट्रो सेवालाई लिएर विभिन्न प्रकारका प्रश्नहरु उठिरहेका थिए। यसबीच कोलकाता मेट्रो रेलको पक्षबाट स्पष्ट पारिएको छ, 29 अप्रेल, मतदानको दिन मेट्रो सेवा पूर्ण रूपमा सामान्य रहनेछ। अर्थात ब्लू, ग्रीन औ अरेञ्ज-तीनै लाइनहरूमा अन्य दिन सरह ट्रेन चल्नेछ र समय-सारणीमा कुनै पनि प्रकारको परिवर्तन गरिएको छैन।
ब्लू लाइन (नोआपाड़ादेखि शहीद खुदीराम)-मा पहिलो मेट्रो बिहान लगभग 6:50 बजे नोआपाड़ादेखि अनि 6:54 बजे शहीद खुदीरामदेखि प्रस्थान हुनेछ भने अन्तिम मेट्रो राती लगभग 9:45 बजे नोआपाड़ादेखि र 9:44 बजे शहीद खुदीरामदेखि प्रस्थान हुनेछ।
ग्रीन लाइन (हावड़ा मैदानदेखि सेक्टर-V) मा पहिलो मेट्रो बिहान लगभग 6:45 बजे हावड़ा मैदानदेखि तथा 6:39 बजे सेक्टर-V देखि प्रस्थान हुनेछ। यस लाइनमा अन्तिम मेट्रो राती 9:55 बजे दुवै दिशा तर्फ प्रस्थान हुनेछ।
अरेञ्ज लाइन (जय हिन्द एयरपोर्टदेखि नोआपाड़ा) मा पहिलो मेट्रो बिहान 7:40 बजे जय हिन्द एयरपोर्टदेखि र 7:18 बजे नोआपाड़ादेखि प्रस्थान गर्नेछ भने अन्तिम मेट्रो नोआपाड़ादेखि राती 9:00 बजे तथा जय हिन्द एयरपोर्टदेखि राती 9:20 बजे प्रस्थान हुनेछ।
मेट्रो प्राधिकरणले यो पनि आश्वान दिएको छ, मतदानको दिन यात्रीहरूलाई कुनै पनि प्रकारको असुविधा हुनेछैन। नियमित सेवाहरूसँगसँगै भीड़ प्रबन्धन तथासुरक्षा व्यवस्थामाथि पनि विशेष ध्यान दिइनेछ ताकि मानिसहरूलाई कुनै प्रकारको समस्या नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा