नेशनल हाइवे-27 को सर्भिस रोड धसियो, ठूलो दुर्घटना हुने आशङ्का
नेशनल हाइवे-27 को सर्भिस रोड धसियो, ठूलो दुर्घटना हुने आशङ्का


सिलगढ़ी, 28 अप्रेल (हि. स.)। नेशनल हाइवे-27 को सर्भिस रोड अहिलेघरि मानिसहरूको लागि जोखिमको कारण बन्दै गइरहेको छ। निरन्तर परिरहेको पानीले गर्दा सड़क मुनिबाट माटो धसिएको छ जसबाट ठूलो दुर्घटना हुने आशङ्का बढ़्दो छ।

सिलगढ़ी महकुमाको फाँसीदेवा ब्लकस्थित ग्वालटुली मोड़को छेउमा कान्तिभिता क्षेत्रमा फोरलेन सड़कको अवस्था सोचनीय भएको कारणले स्थानीय मानिसहरूमा व्यापक असन्तुष्टि व्याप्त भएको छ। भिरालो परेको जमीन भएको कारणले वर्षाको पानी सड़कदेखि मुनि बगिरहेको छ जसबाट जमीन कमजोर भएर धसिँदै गइरहेको छ।

हाल धसिएको भागलाई बालुवाका बोराहरू तथा ट्राफिक कोनले घेरिएको छ, तर यो अस्थायी रहेको बताइएको छ। स्थानीयहरूको आरोप छ, सम्बन्धित अधिकारीहरूले सड़क मरम्मत गर्नको लागि अहिलेसम्म कुनै ठोस कदम उठाइरहेको छ।

बाँस गाउँ ग्राम पञ्चायतकी मुखिया अनिमा रायले बताइन्, सर्भिस रोडको दोस्रो भागको अवस्था बिग्रिएको छ र मनसूनको शुरूमै स्थिति चिन्ताजनक भएको छ।उनले चेताउनी दिइन्, कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्छ, विशेष गरी नानीहरू र पैदल हिँड़्ने मानिसहरूको लागि अधिक जोखिमपूर्ण भएको छ।

स्थानीयहरूले प्रशासन र नेशनल हाइवे अथोरिटीलाई चाँड़ै लिखित सिकायत गर्ने फसेला गरेका छन्। उनीहरूको भनाइ छ, यदि समयमै मरम्मत नगरिए कुनै पनि ठूलो दुर्घटना हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande