लरी पल्टिँदा बुजुर्ग महिलाको मृत्यु
लरी पल्टिँदा बुजुर्ग महिलाको मृत्यु


उत्तर दिनाजपुर, 28 अप्रेल (हि.स.)। जिल्लाको मोहम्मदपुर संलग्न नेशनल हाइवे नम्बर- 12 स्थित दालखोला बाइपास क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना बुजुर्ग महिलाको मृत्यु भयो। मङ्गलवार बिहान भएको यस घटनामा गुरकी बेगम (65) नामक महिलाको मृत्यु भयो। यस अतिरिक्त दुर्घटनामा टोटो चालक सहित अन्य चार जना मानिसहरू घाइते भए।

प्राप्त जानकारी अनुसार एउटा लरीले एउटा टोटोलाई ठक्कर दियो जसले गर्दा टोटो सवार एकजना बुजुर्ग महिलाको मृत्यु भयो भने अन्य चारजना घाइते भए। घाइतेहरूलाई गम्भीर अवस्थामा रायगञ्ज अस्पतालमा भर्ती गरिएको छ।

पुलिस सूत्र अनुसार लरी अन्तयन्त द्रूत गतिमा आइरहेको थियो जसले गर्दा अनियन्त्रित भएर एउटा यात्रीहरूले भरिएको टोटोलाी ठक्कर दियो। ठक्कर लागेपछि टोटो नेशनल हाइवेको डिभाइडरसित ठोक्कियो। यस दुर्घटनामा एकजना बुजुर्ग महिलाको मृत्यु घटनास्थलमै भयो। सूचना पाएर दालखोला पुलिस घटनास्थलमा पुग्यो अनि सबैलाई बचाएर गम्भीर अवस्थामा अस्पतालमा पठाइदियो। मृत महिलाको शवलाई पोस्टमर्टम गर्नको लागि रायगञ्ज जिल्ला अस्पतालमा पठाइएको छ। घटनाको कारण थाहा गर्न पुलिस जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande