मणिपुरमा शान्ति बहालीमाथि जोड़, सरकारले गरिरहेको छ हरसम्भव प्रयासः मुख्यमन्त्री
मणिपुरमा शान्ति बहालीमाथि जोड़, सरकारले गरिरहेको छ हरसम्भव प्रयासः मुख्यमन्त्री


इम्फाल, 28 अप्रेल (हि.स.)। मणिपुरकामुख्यमन्त्री वाई खेमचन्द सिंहलेआजभनेका छन्, राज्यको विकासको लागि शान्ति अनिवार्य छ र सरकारले सम्वाद अनि वार्ताको माध्यमबाट सामान्यस्थिति बहाल गर्नको लागि लगातार प्रयास गरिरहेको छ।

मुख्यमन्त्रीले सो मन्तव्यचानाम स्याण्ड्रोकमालाई हाराओबा एण्ड भिलेज डेभलपमेन्टअथोरिटीद्वारा आयोजित एबुधो फुनाल निङ्गथौ तेलहैबा-सन्थोक निङ्गथौ अपनबा कार्यक्रमकोउद्घाटनगर्ने क्रममा व्यक्त गरेका हुन्।

हालैमा भएकोत्रोङ्गलाओबी घटनाकोउल्लेखगर्दै उनले भने, दुई जना नानीहरूको मृत्युले सबै समुदायमा गहिरो दुःख तथा आक्रोश व्याप्त भएको छ। उनले बताए, सरकाकरले राष्ट्रिय राजमार्गमा आवागमनलाई सुचारू बनाउन तथा शान्ति बहाल गर्नको लागि निरन्तर सम्वादको प्रक्रियालाई जारी राखेको छ।

मुख्यमन्त्रीलेभने, यस घटनासित सम्बन्धित मामिलालाईनेशनल इन्भेस्टीगेशन एजेन्सीलाई सुम्पिइएको छ तथा दोषीहरूविरूद्ध कड़ा कारबाही सुनिश्चित गरिनेछ।

विकास कार्यहरूमाथि बल दिँदै उनले भने, केइराओ विधानसभा क्षेत्रकास्थानीय विधायकद्वारा पूर्वमाप्रस्तुत प्रस्तावहरूलाई शीघ्र गति दिइनेछ। उनले क्षेत्रको दौड़ाह गरी विकास कार्यहरूको प्रगतिको समीक्षा गर्ने कुरा पनि गरे।

यस अवसरमा मुख्यमन्त्रीले मणिपुर लोकसेवा आयोग परीक्षामा सफल भएका क्षेत्रका पाँच जना उम्मेद्वारहरूलाई सम्मानित गरे। उनले भने, कड़ा मिहेनतले कुनै पनि पृष्ठभूमिको व्यक्तिले सफलता हासिल गर्न सक्छ।

केइराओका विधायक एवं रामेश्वर मैतेईले भने, मुख्यमन्त्रीको पहाड़ी तथा उपत्याका क्षेत्रहरूको लगातार दौड़ाहले राज्यमा सामान्य स्थिति बहाल गर्ने दिशामा सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।कार्यक्रममा एलएचवीडीएका सदस्यहरू सहित ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित थिए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande