
कोलकाता, 28 अप्रेल (हि.स.)। राज्यमा दोस्रो चरणको मतदान हुन मात्र एक दिनअघि पुलिस प्रशासनमा फेरि एकपटक व्यापक फेरबदल गरिएको छ। दक्षिण बङ्गालका विभिन्न भागहरूमा हिजोआज भइरहेका हिंसा तथा झड़पका घटनाहरूलाई केन्द्र गर्दै निष्पक्ष अनि शान्तिपूर्ण मतदान सुनिश्चित गर्नको लागि चुनाउआयोगलेकड़ा कदम उठाएको छ।
अतिरिक्त डीजी (कानून-व्यवस्था) द्वारा जारी अधिसूचना मुताविक पहिलो चरणको मतदानमा तैनाथ 26 जना पुलिस अधिकारीहरूलाई दोस्रो चरणमा पनि ड्यूटीमा खटाइएको छ।
रिपोर्ट अनुसार मुर्शिदाबादको लालबागको अतिरिक्त पुलिस अधीक्षक सिद्धार दोर्जी, डालखोलाका एसडीपीओ रविराज अवस्थी, घाटालका एसडीपीओ गायकवाड़ निलेश श्रीकान्त र नक्सलबाड़ीका एसडीपीओ सौम्यजीत रायलाई ब्यारकपुर पुलिस कमिश्नरेटमा तैनाथ गरिएको छ।
यता चुनाउ आयोगको निर्देशमा हावड़ा पुलिस कमिश्नरेट क्षेत्रको जिम्मेवारी एसएसएफ बटालियनका कमाण्डेन्ट प्रवीण प्रकाशलाई सुम्पिइएको छ। चन्दननगर पुलिस कमिश्नरेटमा एमजे मार्सी र खाण्डेबाहाले उमेश गणपतलाई तैनाथ गरिएको छ।
बारासात पुलिस जिल्लाको जिम्मेवारी अनिमेष राय र धीरज ठाकुरलाई दिइएको छ भने बशीरहाट पुलिस जिल्साको कमान अतिश विश्वासलाई सुम्पिइएको छ। रायगञ्जका अतिरिक्त पुलिस अधीक्षक समीर अहमद, पुरुलियाका अतिरिक्त पुलिस अधीक्षक जर्ज एलन जोन र राज्यका स्पेशल टास्क फोर्सका सहायक पुलिस अधीक्षक आकाशदीप गहलोतलाई डायमण्ड हार्बर पुलिस जिल्लामा तैनाथ गरिएको छ।
स्मरण गराइन्छ, चुनाउ घोषणा भएदेखि नै लगातार पुलिस अधिकारी तथा आईपीएस अधिकारीहरूको स्थानान्तरण गरिँदै आएको छ। अन्य राज्यहरूबाट पनि पुलिस पर्यवेक्षकहरूलाई तैनाथ गरिएको छ। बिहार, तेलङ्गाना, दिल्ली, पञ्जाब तथा गुजरातबाट आएका यी पर्यवेक्षकहरूलाई जिल्ला स्तरको जिम्मेवारी दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा