
नगाउँ (असम), 28 अप्रेल (हि.स.)। नगाउँ जिल्लाको बटद्रवा थान (महापुरुष श्रीमन्त शङ्करदेवको जन्मस्थान)-सित जोड़िएका एकजना भक्तको लापरवाह बाइक चालकको ठक्करले गम्भीर रूपमा घाइते भएका थिए जसको पछि मृत्यु भयो। मृतकको पहिचान प्रिय राम बरुवाको रूपमा भएको छ जो थानका नियमित भक्त र नाम-प्रसङ्गका सक्रिय सदस्य थिए।
जानकारी अनुसार गत 15 अप्रेल (रङ्गाली बिहू/मानुह बिहू)- को दिन प्रिय राम बरुवा थानबाट दैनिक धार्मिक कार्यक्रममा भाग लिएर फर्किरहेका थिए। अपरान्हको समय आफ्नो घरको प्रवेश द्वारमा पुगेका मात्र थिए, द्रूत गतिमा आइरहेको एएस-02-एएक्स-2831 नम्बरधारी पल्सर बाइकले उनलाई भयङ्कर ठक्कर दियो
यस घटनामा उनको कम्मर र खुट्टामा गम्भीर चोट लाग्यो। परिवारले तत्काल उनलाई अस्पतालमा पुऱ्याए जहाँ उपचाराधिन अवस्थामा गए राती उनले अन्तिम सास लिए।
प्रिय राम बरुवाको निधनले बटद्रवा थान क्षेत्रमा शोक छाएको छ। थान प्रबन्धन समितिका अध्यक्ष अम्लान ज्योति देव गोस्वामी, उपाध्यक्ष योगेन्द्र नारायण देव महन्त, कार्यकारी अध्यक्ष गोबिन चन्द्र दास तथा महासचिव लाचित बरदलै सहित अन्य श्रद्धालु अनि आईमातृ (बुजुर्ग महिला) समाजले गहिरो दुःख व्यक्त गरेका छन्।
उल्लेखनीय छ, बटद्रवा थानसित जोड़िएका मार्गहरूमा केही लापरवाह बाइक चालकहरूको द्रूत गतिले गर्दा पछिल्लो केही वर्षभित्रमा धेरैजना श्रद्धालुहरू घाइते भइसकेका छन् भने कतिपयको ज्यान समेत गइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा