
गुवाहाटी, 28 अप्रेल (हि.स.)। गुवाहाटीको सोनापुर थाना क्षेत्रमा पुरानो कार बेच्ने नाममा ठगी गरेको एक ममिलामा पुलिसले चार जना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोप छ, आरोपीहरूले एकजना व्यक्तिलाई सेकेण्ड ह्याण्ड ब्रेजा कार बेच्ने प्रलोभन देखाएर लगभग 5 लाख रुपियाँ ठगे।
पुलिस सूत्र अनुसार सोनापुर थानाको ईजीपीडी टीमले गए सोमवार एक अभियान सञ्चालन गरी राहुल चौधरी (27), अमित बोडो (19), राजीबुल हक (22) औ भाग्यश्री बोडो (28)-लाई पक्राउ गऱ्यो। सबै आरोपीहरू सोनापुर क्षेत्रको बासिन्दा रहेको बताइएको छ।
बताइए अनुसार आरोपीहरूले एएस-01जीजे-0706 नम्बर धारी एउटा सेकेण्ड ह्याण्ड ब्रेज़ा कार बेच्ने प्रलोभन देखाएर पीड़ितबाट ठूलो धनराशि हासिल गरे। मामिला उजागार भएपछि पुलिसले तत्परता देखाउँदै सबैलाई समात्यो।
पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा