
श्रीनगर, 28 अप्रेल (हि.स.)। श्रीनगरमा पाँच जना मानिसहरूलाई ग्रेनेड, गोला-बारूद तथा अन्य आपत्तिजनक सामग्रीसितै पक्राउ गरिएको छ। यो पक्राउ खानमोह क्षेत्रको नर्द सङ्गरीमा भएको चेकिङ्गमा पुलिस आउट पोस्ट खानमोहको दलले गरेको हो।
पुलिसले मङ्गलवार बतायो, आरोपीहरूबाट दुई वटा हातगोला, दुई वटा म्यागजिन, केही गोला-बारूद, पोस्टर तथा 6 वटा मोबाइल फोन जफत गरिएको छ। पन्थाचौक पुलिस स्टेशनमा अवैध गतिविधि (रोकथाम) अधिनियम (यूएपीए), भारतीय न्याय संहिता (बीएनएस) औ शस्त्र अधिनियमका सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले बतायो, यस मामिलामा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा