
गुवाहाटी, 28 अप्रेल (हि.स.)। गुवाहाटीको उलुबारीस्थित बी बरूआ महाविद्यालयको छेउमा गए राती एक भयानक सड़क दुर्घटना भयो। यस घटनामा सीता देवी नामक एकजना महिलालाई एउटा द्रूत गतिको अटोभ्यानले कुल्चियो जसले गर्दा महिलाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनाको कारणले क्षेत्रमा व्यापक खैलाबैला भयो।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार दुर्घटनालाई परिणाम दिएपछि वाहन चालक घटनास्थलबाट वाहन लिएरै भाग्यो। पुलिसद्वारा आरोपी चालकलाई खोज्न शुरू गरिएको छ।
उलुबाड़ी लालमाटीस्थित सीता देवीको आवासमा घटनाको कारणले शोक व्याप्त भएको छ। पुलिसले मामिलाको जाँच कार्य शुरू गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा