शम्भु विस्फोटमाथि अकाली दल र कङ्ग्रेसले सरकारलाई घेऱ्यो, पञ्जाबको राजनीति बाफियो
शम्भु विस्फोटमाथि अकाली दल र कङ्ग्रेसले सरकारलाई घेऱ्यो, पञ्जाबको राजनीति बाफियो


चण्डीगढ़, 28 अप्रेल (हि.स.)। पञ्जाबको शम्भुमा बितेको राती रेलवे ट्र्याकमा भएको बम विस्फोटको घटनापछि पञ्जाबको राजनीति गर्मिएको छ। विपक्षी दलहरूले हिजोआज भइरहेका विस्फोटहरूलाई लिएर सरकारलाई घेरेको छ।

शिरोमणि अकाली दलका अध्यक्ष एवं पञ्जाबका पूर्व डिप्टी सीएम सुखबीर बादलले सोशल मीडिया 'एक्स'-मा लेखे, शम्भुको छेउमा दिल्ली-राजपुरा रेलवे ट्र्याकमा गए राती भएको कायरतापूर्ण विस्फोटको कड़ा निन्दा गर्दछु। यो स्पष्ट छ, केही दिनअघि विशेष चेताउनी दिइएको भए पनि कुनै कारबाही गरिएन। यो घटना पुलिस थाना तथा चौकीहरूमाथि भएको विस्फोट तथा यहाँसम्म कि राज्य गुप्तचरको मुख्यालयमा भएको आरपीजी हमलापछि भएको छ।

उनले लेखे, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान जो गृह मन्त्री पनि हुन्, ले आफ्नो गहिरो निन्द्राबाट ब्युँझिएर महत्वपूर्ण ढाँचाको सुरक्षाको लागि तुरून्त कदम उठाउनुपर्छ। उनको लापरवाही नीतिले पञ्जाबलाई पुनः पुरानो कालो युगमा धकेलिरहेको छ जुन कुनै पनि स्थितिमा स्वीकार्य छैन।

पञ्जाब कङ्ग्रेसका प्रधान एवं सांसद अमरिन्दर सिंह राजा वडि़ंगले भने, पञ्जाब आज दुई वटा चिन्ताजनक घटनाहरूको साथमा जागेको छ। बटालामा भएको दुई जना मानिसहरूको हत्या तथा पटियाला जिल्लाको राजपुरा र शम्भुबीच रेलवे ट्र्याकमा भएको बम विस्फोट। यो सङ्केत अत्यन्त गम्भीर छ। पञ्जाबमा बड़ो कठिनाईले कायम बएको शान्ति अब जोखिममा परेको देखिँदैछ। आप सरकार आफ्नो अस्तित्वलाई बचाउनमा व्यस्त छ। यस्तो स्थितिमा यो कुरा स्पष्ट छ, असामाजिक तत्व र अपराधीहरूले यस स्थितिको फाइदा उठाइरहेका छन्। हामीले राज्यको खस्किँदै कानून व्यवस्थालाई लिएर लगातार सरकारलाई चेताउनी दिँदै आिरहेका छौं। दुर्भाग्यले सरकारका प्राथमिकताहरू मानिसहरूको ज्यान-मालको सुरक्षा गर्नको सट्टा आफ्नै अस्तित्वमा मात्र सीमित रहेको देखिंदैछ। अपराधी अनि षड़यन्त्रकारीहरूमाथि नजर राख्नको सट्टा आम आदमी पार्टीको सरकार आफ्नै विधायकहरूमाथि नजर राख्नमा व्यस्त छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande