
प्रधानमन्त्रीले लेखेका छन्, 'सिक्किममा गान्तोकको रमाइलो बिहानीमा मेरा युवा साथीहरूसँग फुटबल खेल्नु जस्तो रमाइलो अरू केही छैन।'
तस्विरहरूमा प्रधानमन्त्री मोदीलाई बाल बालिकाहरूसॅंग रमाइलो गर्दै फुटबल खेलिरहेको देख्न सकिन्छ।
उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भ्रमणमा हिजो सिक्किम आइपुगेका छन्। उनी आज पाल्जोर स्टेडियममा आयोजना हुने राज्य स्थापनाको 50औं वार्षिकोत्सवको समापन समारोहमा भाग लिनेछन्।
हिन्दुस्थान समाचार / बिशाल