
इम्फाल, 28 अप्रेल (हि.स.)। मणिपुरमा बितेको 24 घण्टामा पुलिस अनि सुरक्षा बलहरूले भिन्न-भिन्न अभियान सञ्चालन गरी नशालु पदार्थको तस्करी तथा तोड़फोड़सित सम्बन्धित मामिलाहरूमा केही मानिसहरूलाई पक्राउ गरेका छन्।
पुलिस प्रवक्ताले आज बताए, इम्फाल पश्चिम जिल्लाको लमसाङ्ग थाना अन्तर्गत हिमालयन टाइल्स पुलिस चेक पोइन्टमा भएको नियमित जाँचमा पुलिसले 24 वर्षीय मारकोनी निङ्गथौजमलाई पक्राउ गऱ्यो जसको कब्जाबाट 1.1 किलोग्राम संदिग्ध गाँजा जफत गरियो।
अर्को कारबाहीमा इम्फाल अन्तर्राष्ट्रिय हवाईअड्डामा सुरक्षा बलहरूले बेङ्गलुरु गइरहेका दुई जना यात्रीहरूलाई हिरासतमा लियो। दुवै आरोपी इम्फाल पश्चिम जिल्लाको मायाङ्ग इण्फाल क्षेत्रका निवासी हुन् जसको पहिचान बेङ्गून लौबुक लैकाई निवासी असलम खान (39) र फौबकचाओ मखा लैकाई निवासी चेसाम अमीर (31)- को रूपमा भएको छ। जाँचमा यिनीहरूबाट लगभग 84 गराम संदिगध हेरोइन नम्बर-4 जफत गरियो
यसै क्रममा विष्णुपुर जिल्लाको मोइराङ्ग थाना अन्तर्गत मोइराङ्ग पटलोउमा पुलिसले एउटा ट्रकमाथिहमला गरी त्यसमा लादिएको उर्वरकका बोराहरूलाई नष्ट पारेको आरोपमा पाँचजना मानिसहरूलाई पक्राउ गऱ्यो। यी आरोपीहरूको पहिचान लैशराम अविजीत सिंह (25), ख्वैराकपम धनश्वर सिंह (25), एलेक्स मोइराङ्गथेम (25), फाइरेम्बम कैजर सिंह (36) औ सनाबम चाओबा मैतेई (48)- को रूपमा भएको छ। पुलिसले आरोपीहरूको कब्जाबाट घटनामा प्रयुक्त चार चक्के वाहनलाई जफत गरेको छ।
पुलिस अनुसार सबै ममिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा