झाड़ग्राम चिड़ियाघरमा जनावरहरूलाई गर्मीबाट राहत दिनको लागि विशेष व्यवस्था
झाड़ग्राम चिड़ियाघरमा जनावरहरूलाई गर्मीबाट राहत दिनको लागि विशेष व्यवस्था


झाड़ग्राम, 28 अप्रेल (हि.स.)। प्रचण्ड गर्मी तथा लगभग 40 डिग्री सेल्सियस तापमानले सर्वसाधारण मानिसहरूसँगसँगै वन्यजीवहरूको निम्ति पनि समस्या बढ़ाइदिएको छ। यस्तो स्थितिमा झाड़ग्राम जूलोजिकल पार्कका पशु-पंक्षीहरूलाई गर्मीदेखि बचाउनका लागि पार्क प्रशासनले विशेष व्यवस्था गरेको छ।

पार्क सूत्र अनुसार जानवरहरूको शरीरलाई चिसो राख्नको लागि तिनीहरूलाई नियमित रूपमा गुड़ पानी दिइँदैछ। साथै तिनीहरूको भोजनमा पानीले परिपूर्ण फलहरू जस्तै खरबुजा, काँकड़ा आदिलाई सामेल गरिएको छ। एनक्लोजरको माथि घाँसको छानो बनाइएको छ ताकि घामको सोझो प्रभावलाई रोक्न सकियोस्।

मांसहारी जानवरहरू जस्तै चितुवा र भालुलाई नियमित रूपमा चिसो पानीले नुहाउने काम भइरहेको छ। यस अतिरिक्त पार्कका विभिन्न भागहरूमा स्प्रिङ्कलर लगाएर पानीको छिड़काउ गरिँदैछ जसबाट वातारणलाई केही हदसम्म चिसो बनाउन सकियोस्।

झाड़ग्रामका वन अधिकारी उमर इमामले बताए, प्रचण्ड गर्मीमा पशु-पंक्षीहरूको सुरक्षालाई ध्यानमा राखेर लगातार निगरानी गरिनको साथै आवश्यकता अनुसार कदम उठाइँदैछ। एनक्लोजरभित्रको स्थितिमाथि पनि नियमित रूपमा नजर राखिंदैछ।

उल्लेखनीय छ, झाड़ग्राम जूलोजिकल पार्क जङ्गलमहल क्षेत्रको एक महत्वपूर्ण पर्यटन केन्द्र हो जहाँ जाड़ो महिनामा ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन्। तर गर्मी याममा ढुङ्गे जमीन र अधिक तापमानको कारणले परिस्थिति चुनौतीपूर्ण हुन्छ। वर्तमान पार्कमा 16 प्रजातिका 187 स्तनधारी, 12 प्रजातिका 153 सरीसृप औ 18 प्रजातिका 74 पंक्षीहरू छन्।

विशेषज्ञहरूको मान्यता छ, अत्यधिक गर्मीमा जनावरको व्यवहारमा पनि परिवर्तन देखिन्छ। त्यसैले समयमा उचित हेरचाह अनि वातावरणलाई सन्तुलित राख्न अत्यन्त आवश्यक हुन्छ। पार्क प्रशासनद्वारा उठाइएको उक्त कदम पशु-पंक्षीहरूलाई स्वस्थ राख्नमा सहायक साबित भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande