
इटानगर, 30 अप्रेल (हि.स.)। भारतलाई प्रतिनिधित्व गर्दै अरुणाचल प्रदेशकी खेलाड़ी चेरा लोकुले बुल्गारियाको बुर्गासमा आयोजित 5औं विश्व ताइक्वान च्याम्पियनशिपमा रजत पदक हासिल गरिन्। 25-देखि 30 अप्रेलसम्म आयोजित यस च्याम्पियनशिपमा उनकी साथी खेलाड़ी मेपुङ्ग लामगुले सम्मानजनक औँ स्थान प्राप्त गरिन्।
अल अरुणाचल प्रदेश वुशु एसोसिएशनले बतायो, “38 वटा देशहरूका सर्वश्रेष्ठ खेलाड़ीहरूबीच प्रतिस्पर्धा गर्दै हासिल गरेको उनको सफलताले असाधारण समर्पण, अनुशासन एवं अदम्य भावनालाई दर्शाउँछ।”
एसोसिएशनका महासचिव जोन तारा बेकीले भने, “साङ्गाय ल्हाडेन स्पोर्ट्स अकादमीबाट विश्व पदक विजेता बनेको लोकुको प्रेरणादायक यात्रा दृढ़ता एवं लगनको साँचो प्रमाण हो। उनको यो उपलब्धि व्यक्तिगत उपलब्धि मात्र नभएर राज्य अनि राष्ट्रभरिका अनगन्ती युवा खेलाड़ीहरूको लागि प्रेरणाको श्रोत हो।”
उनले अझ भने, “लामगुको प्रदर्शन पनि त्यतिकै सराहनीय छ जसले सम्मानजनक 5औं स्थान हासिल गरिन् तथा अन्तर्राष्ट्रिय स्तरमा हाम्रा खेलाड़ीहरूको बढ़्दो शक्ति र क्षमतालाई प्रदर्शित गरिन्।”
एसोसिएशनले कोच मैबम प्रेमचन्द्र सिंहलाई पनि उनको नेतृत्व अनि मार्गदर्शनको लागि धन्यवाद दिए जसको परिणामस्वरूप भारतीय दलले केही पदक जितेर देशको गौरव बढ़ाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा