गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा बबालः ‘पैसा छैन भने अस्पताल नआऊ’ भनेको आरोप
गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा बबालः ‘पैसा छैन भने अस्पताल नआऊ’ भनेको आरोप


गुवाहाटी, 30 अप्रेल (हि.स.)। गुवाहाटी चिकित्सा महाविद्यालय अस्पताल (जीएमसीएच)- मा एक अप्रिय स्थिति उत्पन्न भएको मामिला सामु आएको छ। अस्पतालको सीएन सेन्टरका कर्मचारीहरूमाथि रोगीका परिवारहरूमाथि कुटपिट गरेको तथा मोबाइल फोन फुटाइदिएको आरोप लागेको छ। उन्नत उपचारको आश लिएर आएका एक जना गरीब परिवारलाई असपतालको तितो अनुभवको सामना गर्नु पऱ्यो।

जानकारी अनुसार डिफु चिकित्सा महाविद्यालयबाट पङ्कज विश्वास नामक व्यक्तिलाई गम्भीर अवस्थामा जीएमसीएचमा रेफर गरिएको थियो। बितेको राति उनको स्थिति बिग्रिएपछि उनलाई यहाँ भर्ती गरियो।

सीएन सेन्टरमा भर्ती गरिएपछि धेरैवटा जाँच गराउन भनियो। आरोप छ, काउन्टरमा पैसा भुक्तान गर्न ढिलो हुँदा अस्पतालका कर्मचारीहरूले परिवारजनप्रति अभद्र व्यवहार गरे। एकजना डाक्टरमाथि पनि दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

घटना अवधि हीरक दास र राहुल अली नामक दुई ट्रली पुलरहरूले कथित रूपमा रोगीका परिवारजनको मोबाइल फोन फुटाइदिए। परिवारजनको आरोप छ, उनीहरूलाई यहाँसम्म भनियो- यदि पैसा छैन भने रोगीलाई अस्पतालमा नल्याउनु।

उक्त घटनालाई लिएर रोगी र परिवारजनले भङ्गागढ़ थानामा डाक्टर तथा कर्मचारीहरूविरूद्ध सिकायत दर्ता गराएको छ। ममिलाको जानकारी पाएपछि जीएमसीएच अधीक्षकको निर्देशमा पुलिस उपाधीक्षक घटनास्थलमा पुगे अनि तुरून्तै एम्बुलेन्सको माध्यमबाट पङ्कज विश्वासको उपचार व्यवस्था पुनः सुनिश्चित गराए।

परिवारजनको सिकायतको आधारमा पुलिसले ट्रली पुलरद्व हीरक दास र राहुल अलीलाई हिरासतमा लिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande