
बंगाईगाउँ (असम), 08 अप्रेल (हि.स.)। अभयापुरीको घिलागुड़ी क्षेत्रमा गए मंगलवार अबेर राती अचानक लागेको भयानक आगलागीमा तीनिआली बजारस्थित न्यूनतम पनि 14 वटा व्यवसायिक प्रतिष्ठानहरू जलेर पूर्ण रूपमा नष्ट भएको छ।
प्राप्त जानकारी अनुसार राती लगभग 1 बजे आगो लागेको थियो भने हेर्दा-हेर्दै यसले वरिपरीका अन्य दोकानहरूलाई पनि आफ्नो चपेटमा लियो। आगलागी अवधि एउटा होटलमा राखिएका दुई वटा एलपीजी सिलेण्डरहरू विस्फोट भएकोले स्थिति झन् भयानक भयो जसबाट आगो झन् द्रूत गतिमा फैलियो।
यस अग्निकाण्डमा किराना दोकान, चियाको दोकान, अनलाइन क्याफे, कपड़ा एवं चप्पलको दुकान, सैलून, मनिहारी दोकान, पूजा सामग्रीको दोकान तथा जेरक्स केन्द्र सहित मोठ 14 वटा प्रतिष्ठानहरू पूर्ण रूपले जलेर खरानी भयो। घटनामा लगभग 80-90 लाख रुपियाँको नोक्सान भएको अनुमान छ।
सूचना पाउनसाथ अभयापुरी अग्निशमन दलले घटनास्थलमा पुगेर कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गऱ्यो। तथापि आगलागीको सही कारण अहिलेसम्म थाहा लाग्न सकेको छैन। तथापि प्रारम्भिक रूपमा विद्युत शर्ट सर्किटलाई यसको सम्भावित कारण मानिँदैछ। पुलिस अनि प्रशासनद्वारा मामिलाको विस्तृत जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा