
नयाँ दिल्ली, 08 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज आईटीओस्थित स्टेट जीएसटी कार्यालयको छड़के निरीक्षण गरी व्यवस्थाहरूको विस्तृत जायजा लिइन्। यस अवधि उनले अधिकारी तथा कर्मचारीहरूसित सम्वाद गरी कार्यप्रणालीको समीक्षा गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्टमा पोस्ट गरी भनिन, स्टेट जीएसटी कार्यालयमा समयबद्धता, स्वच्छता औ व्यवस्थित कार्यसंस्कृति सुनिश्चित गर्नको लागि स्पष्ट निर्देश दिइयो। उनले भनिन्, लापरवाही, ढिल्याई वा अनावश्यक जटिलताको लागि कुनै ठाउँ छैन।
मुख्यमन्त्रीले भनिन्, व्यापार दिल्लीको अर्थव्यवस्थाको रीढ़ हो। हाम्रो प्राथमिकता रहेको छ, हरेक प्रक्रिया सरल, पारदर्शी औ सुगम होस् ताकि कुनैप्रकारकोबाधाबिनै व्यापारीहरूले आफ्नो कार्यमा ध्यान केन्द्रित गर्न सकुन्। उनले भनिन्, दिल्ली सरकार हरेक विभागमा जवाफदेही सुनिश्चित गर्दै जनता अनि व्यापारीहरूलाई सहज, सरल तथा विश्वसनीय व्यवस्था उपलब्ध गराउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा