
श्रीनगर, 08 अप्रेल (हि.स.)। कश्मीरका प्रमुख धर्मगुरु मीरवाइज उमर फारूकले बुधवार अमेरिका र इरानबीच भइरहेको युद्धलाई विराम दिने घोषणालाई स्वागत गरे।
मीरवाइजले 'एक्स'-मा भने, इरान तथा अमेरिकाबीच घोषणा भएको दुई साताको युद्धविराम शान्तिको दिशामा एक स्वागतयोग्य कदम हो। यसले यस कुरालाई रेखांकित गर्दछ कि संघर्ष समाधानको लागि टकराउको तुलनामा संयम अनि सम्वादलाई प्राथमिकता दिइनुपर्छ अनि शान्तिले युद्धमाथि विजय प्राप्त गर्छ।
उनले इरानका मानिसहरू तथा नेतृत्वद्वारा देखाइएको लचिलोपनको सराहना गर्दै भने, अत्यधिक आक्रामकताको अगाड़ि इरानी मानिसहरू र नेतृत्वको साहस सराहनीय छ। यस महत्वपूर्ण युद्धविरामलाई सम्भव बनाएकोमा उनीहरूलाई तथा इस्लामाबाद सहित सबै पक्षलाई बधाई। हुर्रियत सम्मेलनका पूर्व अध्यक्षले आशा व्यक्त गरे, दुई साताको युद्धविरामले स्थायी स्थिरता अनि अधिक सम्वादलाई प्रेरित गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा