
पूर्व बर्धमान, 08 अप्रेल (हि.स.)। पूर्वस्थली दक्षिण विधानसभा क्षेत्रमा बुधवार बिहानदेखिकै उत्सवपूर्ण माहोल सृजना भएको थियो। नामांकन पत्र दर्ता गर्नअघि तृणमूल कंग्रेसका उम्मेद्वार स्वपन देवनाथले धार्मिक अनुष्ठानहरूको साथमा दिनको शुरूआत गरे। बिहान लगभग 7 बजेदेखि उनले आफ्नी पत्नीसित क्षेत्रका केही मन्दिरहरूमा पूजा-अर्चना गरेर आशीर्वाद लिए।
पूजा समाप्त भएपछि उनी विद्यानगरस्थित आफ्नो घर अगाड़िबाट खुल्ला वाहनमा सवार भएर कालना उपमण्डल अधिकारीको कार्यालय तर्फ प्रस्थान भए। उनको यस यात्रालाई लिएर समर्थकहरूमा व्यापक उत्साह देखियो। विभिन्न वाद्ययन्त्रहरूको धुनमा शोभायात्राको साथमा जुलूस अगाड़ि बढ़िरह्यो जसबाट सम्पूर्ण क्षेत्रको माहोल उत्साहपूर्ण भयो। राजनीतिक समर्थकहरू मात्र नभएर सर्वधर्म समन्वयको सन्देश दिनका लागि विभिन्न समुदायका मानिसहरूको पनि उपस्थिति देखियो।
स्वपन देवनाथले आफ्नो नामांकन पत्र दर्ता गराएपछि भने, विकास अनि शान्तिको मार्गमा हामी क्षेत्रलाई अग्रसर गराउनेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा