मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
CM met nirmala Sitharaman


गान्तोक, 08 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणसँग भेट गरी सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरेका छन्। उक्त जानकारी आज मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

उनले केन्द्रिय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणसँग भेट गर्ने अवसर पाएको र उनीसँग आत्मीय तथा रचनात्मक छलफल भएको बताएका छन्। उनले एसएएससीआई 2026-27 अन्तर्गत “प्राइड अफ हिल्स: स्पेशल डेभलपमेन्ट एसिस्टेन्स फर् र द हिल स्टेट्स” समावेश गरिएकोमा सिक्किमका जनताको तर्फबाट सीतारमणलाई हार्दिक आभार व्यक्त गरे। उनले यस अन्तर्गत सिक्किमले थप ₹८२० करोड़ प्राप्त गर्ने कुरा उल्लेख गर्दै पहाडी राज्यहरूले सामना गर्ने विशिष्ट चुनौतीहरूको पहिचान गरिएकोमा तथा भारत सरकारबाट निरन्तर प्राप्त भइरहेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

भेटका क्रममा केन्द्रिय वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा पनि छलफल भयो, जसमा वित्तीय सहयोग सुदृढ़ गर्ने, पूर्वाधार विकासलाई तीव्रता दिने तथा राज्यमा दिगो विकासलाई अगाडि बढाउने विषयमा विशेष जोड दिइयो। यस अतिरिक्त, मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परिकल्पना गरिएको ‘भाइब्रेन्ट भिलेज’ पहल अन्तर्गत भ्रमणका लागि हार्दिक स्वागत गरे। यो कार्यक्रम सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनताका लागि रूपान्तरणकारी तथा अत्यन्त लाभदायक पहलको रूपमा स्थापित भएको उनले उल्लेख गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande